Third Wheel Blog

सवारी कर कहिले तिर्ने ?

August 10, 2020

सवारी कर कहिले तिर्ने ?

सवारी साधन कर सबै सवारी धनीले प्रत्येक आ. ब. को चैत्र मसान्त वा सवारी दर्ता नबिकरण गर्ने म्याद जुन अघिहुन्छ सो म्याद भित्र बुझाई सक्नु पर्ने हुन्छ। अन्यथा देहाय बमोजिम जरिवाना लाग्छ।

 

जरिवाना

१. नबिकरण म्याद सकिएको ९० दिन सम्म नलाग्ने।  तर

२. ९० दिन पछिको ३० दिन सम्म ५%

३. त्यस पछि ४५ दिन सम्म १०% (३१ देखि ४५ दिन)

४. त्यसपछिको  आ. ब. को अन्त सम्म कर रकम को २०%

५. त्यसपछिको प्रत्येक आ. ब. को कर रकममा थप ३२% का दरले जरिवाना लाग्ने। 

(यातायात ब्यबस्थापनकार्य बिधि निर्देसीका २०६०, संसोधित २०७४ को दफा ११.११.१० बमोजिम)

 

प्रदुषण जाँच

प्रदुषण जाँच गरि दिएको स्टिकरको मान्य अवधि समाप्त भएको सात दिन भित्र पुन प्रदुषण जाँच गरीसक्नु पर्ने हुन्छ। सो अवधि भित्र प्रदुषण जाच नगराएमा अवधि समाप्त भएको ३० दिन सम्म दोब्बर जरिवाना, उल्लेखित अवधि नाघेमा थप १००० देखि २००० सम्म जरिवाना लाग्छ।