Third Wheel Blog

किन थर्डव्हील ?

October 24, 2018

ThirdWheel

किन थर्डव्हील ? 

तपाईले अन्तिम पटक आफ्नो मोटरबाईक कहिले सर्विसिङ गर्नु भएको थियो?

शायद तपाईहरुलाई सम्झना नै छैन होला ? अनि अब कहिले सर्विसिङ गर्नु पर्नेछ त्यो पनि थाहा छैन होला!

एउटै मोडेलका मोटरबाईक अथवा इस्कुटर मान्छेहरुले फरक फरक तरिकाले भिन्न-भिन्न समय अबधिमा सर्विसिङ गराउने गर्दछन् |

सामान्यतः कसैले ३ महिना, कसैले ४ महिना र कसैले मोटरबाईक बिग्रिएपछि मात्र सर्विसिङ गर्ने गर्दछन् |

मोटरबाईक कम्पनीहरुको सल्लाह अनुसार प्रत्यक ३-३ महिनामा आफ्नो बाईकको मोबिल फेर्नु पर्दछ र सर्विसिङ गराउनु पर्दछ| तर हामीहरु मध्ये धेरै जनालाई यो जानकारी नै छैन कि यो सल्लाह पालना गर्नु भनेको आफ्नो बाईकको सुरक्षा र लामो सम्मका लागि टिकाउ गर्ने उपाय पनि हुन सक्छ |

आज, म तपाईहरुलाई थर्डव्हीलको बारेमा केहि जानकारी र यस्ले कसरी तपाईको मोटरबाईक अथवा इस्कुटर सर्विसिङ र मर्मतमा सहयोग गर्छ भन्ने बताउन गैरहेको छु |

मोबाईल एप्लिकेशनको मार्फत बाट सहज ढंगले बाईक सर्विसिङ गराउने उद्देश्यका साथ थर्डव्हील सन्चालनमा रहेको पनि जानकारी गराउन चाहन्छु |

साथै,

थर्डव्हील, बाईक सर्विसिङ गर्ने मोबाईल एप्लिकेशन हो जस्ले तपाईहरुलाई धेरै झन्झट बाट मुक्त हुन सहयोग गर्दछ|

झन्झटहरु:  

१. सर्विस सेन्टर जान समय खर्चिनुपर्ने

२. सर्विस सेन्टर आफुनै जानुपर्ने

३. सर्विस भएपछी आफ्नो मोटरबाईक आफुलेनै लिन जानुपर्ने

४.  नगदबाट मात्र रकम तिर्न मिल्ने ब्यबस्था

५. बिल्लिङ नहुने

६. सर्विस गुणस्तरीय हुन्छ वा हुँदैन भन्ने चिन्ता

७. गुणस्तरीय ग्राहक सुबिधा नहुने

८. सर्विस पछीको हेरबिचार नहुने

 

हामी कसरी यस्ता समस्या समाधान गर्ने प्रयत्न गरिराखेका छौ  ?

. भरपर्दो सर्विस सेन्टर

तपाईहरुको मोटरबाईक सुरक्षित हातमा हुन्छ|

हामीहरुको आफ्नै सर्विस सेन्टर काठमान्डुमा रहेको हुँदा सर्विस गुणस्तरीय हुने कुरामा ढुक्क हुनुभए हुन्छ| हामी हाम्रा ग्राहक हरुको प्रतिक्रिया अनुरुप आफ्नो सेवाको गुणस्तर पनि बढाउदै लग्ने गर्दछौ| आजको दिन सम्म हामीले थुप्रै बाईकहरुको सर्विसिङ गरिसकेका छौ|

. बाईक आफैले ल्याउने अनि पुर्याउने

यस्ले तपाईहरुको सर्विस सेन्टर जाने समय र मेहेनतलाई बचत गर्दछ|

जब तपाईले थर्डव्हीलमा आफ्नो सर्विस बूक गर्नुहुन्छ तब तपाईको बाईक घर वा कार्यलय बाट हामी आफै ल्याउने अनि सर्विसिङ पछी आफै पुर्याउने  गर्दछौ| यस्ले गर्दा तपाईलाई सर्विस सेन्टर धाउनु पर्ने समस्या हुँदैन| अहिलेको लागि हाम्रो ल्याउने पुर्याउने सेवाको लागि रु.१०० खर्च लाग्नेछ|

. सरल र सजिलो पैसा तिर्ने सुबिधा

तपाई आफुलाई सजिलो पर्ने तरिका बाट सेवा खर्च तिर्न सक्नुहुनेछ|

सर्विस भएपछी जब हामीले तपाईको बाईक तपाईको घर वा कार्यलयमा पुर्याइदिन्छौ तब मात्र सेवा खर्च तिर्नु पर्नेहुन्छ| ब्लु-बूक नवीकरण र केहि अरु मर्मतको बेलामा ४०% सम्म रकम अग्रिम नै तिर्नुपर्ने हुनसक्छ| 

तपाईहरु नगद वा इ-सेवाबाट आफ्नो सेवा खर्च तिर्न सक्नुहुन्छ|

. गुणस्तरीय सुबिधा

तपाईहरु ढुक्क हुन सक्नुहुनेछ|

थर्डव्हील आफ्नो सेवा र सुबिधाको गुणस्तरमा कहिले पनि सम्झौता गर्दैन| आफ्नो सर्विस सेन्टर भएको कारणले हामी गुणस्तरमा बिस्वस्त छौ|

केहि सानो समस्या परेमा हामी तपाईहरुको घरमै आएर पनि सेवा दिनेछौ|

. तुरुन्त आकस्मिक सहायता

तपाईको साथी तपाईको समस्यामा

बूकिङ बाहेक बिच बाटोमा केहि समस्या पर्‍यो भने तपाई हामीलाई तुरुन्त सम्पर्क गर्न सक्नुहुनेछ| हामी छोटो समयमा नै तपाईहरुको सेवाका लागि आइपुग्ने प्रयत्न गर्नेछौ|

 

यदी तपाई थर्डव्हीलको सुबिधा लिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्|

थर्डव्हील प्रा. लि.

लोकन्थलि, भक्तपुर्

सम्पर्कनम्बर: ०१-६२०१५५३

एक पटक थर्डव्हीललाई बिश्वास गरेर सुबिधा लिनुहोस्, तेस्पछि कहिले तपाईलाई सर्विस सेन्टर धाउनुपर्ने समस्या आउने छैन |